सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इनरुवा, मंसिर २९। सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ । स्थानीय जियाहुद्दिन मियाँ र सरद अन्सारीको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । जियाहुद्दिनको घरबाट खाना पकाउने क्रममा सल्केको आगो उहाँको एकतले घर र नजिकै रहेको शरद अन्सारीको एकतले घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जियाहुद्दिन र शरदको घरमा आगलागी भएपछि घरमा रहेको अन्नपात, लत्ताकपडा, फर्निचर सामग्रीलगायतका सामान पूर्णरुपले जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
आगलागी इनरुवा नगरपालिकाबाट गएको वारुण यन्त्र, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा