सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, मंसिर २९ । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धनले पहाड हुँदै हिमालसम्म संगठन पकड पुर्याएका छन्।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन परिणामले यी दल तराईमा मात्र सीमित नभएर पहाड हुँदै हिमालसम्म पुगेको देखाएको हो । पश्चिमका पहाडी र हिमाली जिल्लामा भन्दा पूर्वी क्षेत्रका स्थानमा यी पार्टीले बढी मत पाएको निर्वाचन आयोगको जारी मतगणना सूचीले देखाएको छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ गोरखामा फोरम नेपालले ५ सय २४, ताप्लेजुङमा ५ सय २०, संखुवासभामा ५ सय १० र मुगुमा १ सय १९ मत पाएका छन्। यसैगरी, दोलखामा २ सय ८६, सिन्धुपाल्चोकमा ४५, रसुवामा २२, धादिङमा २४, मनाङमा २, मुस्ताङमा १, डोल्पामा ४१, दार्चुलामा ८, बझाङमा ६५ र हुम्लामा ३५ मत फोरम नेपालले पाएको छ ।
प्रदेशसभातर्फ फोरमले गोरखामा ४ सय ३५, ताप्लेजुङमा ५ सय २२, संखुवासभामा ४ सय १२, दोलखामा २ सय ६६, मुगुमा १ सय १८ मत पाएको छ । यसैगरी, सिन्धुपाल्चोकमा ५१, रसुवामा २४, धादिङमा २२, मनाङमा १, डोल्पामा २७, दार्चुलामा ६, बझाङमा ४७ र हुम्लामा २० मत फोरम नेपालले पाएको आयोगले जनाएको छ ।
यस्तै, राजपा नेपालले प्रतिनिधिसभातर्फ धादिङमा ४२, संखुवासभामा २७, सिन्धुपाल्चोकमा १९, दोलखामा १९, रसुवामा ३, गोरखामा ३१, मुस्ताङमा १, डोल्पामा ४, मुगुमा ९, दार्चुलामा १२, बझाङमा २२ र हुम्लामा २ मत पाएको छ ।
आयोगका अनुसार प्रदेशसभातर्फ राजपा नेपालले ताप्लेजुङमा ४, संखुवासभामा १९, दोलखामा १९, सिन्धुपाल्चोकमा १५, रसुवामा ३, धादिङमा ४६, डोल्पामा १, मुगुमा ३४, दार्चुलामा ५, बझाङमा ११ र हुम्लामा १ मत पाएको छ। आजको राजधानी दैनिकले खबर छापेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा