सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर २८ । महालक्ष्मी विकास बैँकले दार्चुलाको गोकुलेश्वरमा ७० औँ शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमका विच दुर्गम जिल्लाहरुमा समेत बैँकिङ्ग पहुँच पुराइसकेको बैँकले बिहिबार देखि दार्चुलाको गोकुलेश्वरमा बैकिङ कारोबार सञ्चालनमा ल्याएको हो ।
यस शाखा सञ्चालनसँगै बैककोे ७० वटा शाखा पुगेको छ भने एटिएम संख्या ३५ पुगेको छ । बैकले आफनो कार्यक्षेत्र शहर तथा सदरमुकाममा मात्र सिमित नगरी वितिय पहुचलाई सबै ठाउँमा पुर्याउने उदेश्यका साथ ग्रामिणभेगहरुमा समेत थप शाखा विस्तार गर्दे लाने जनाएको छ ।
बैकले निक्षेप तथा कर्जा सुविधासहित सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराइरहेको छ ।
विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैँकले कात्र्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा