सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २८ । इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४-० ले हरायो । सिटीको जितमा सिल्भाले २ तथा केभिन डे ब्रायन र अग्युइरोले एक एक गोल गरे ।
गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथमाथि १- ० ले हरायो। युनाईटेड को जितमा लुकाकुले गरेको एक गोल नै निर्णायक भयो ।
प्रतियोगिता अन्तर्गत बुधबार राती भएका खेलमा लेष्टर सिटीले साउथ ह्याम्पटनलाई ४ –१ ले हरायो । त्यस्तै एभर्टनले न्यु क्यासललाई १ शुन्यले, टोटनह्यामले ब्राइटलाई २ शुन्यले, हराए । आर्सनल भने वेष्टह्यामसँग गोल रहित बराबरीमा रोकियो ।
यसैगरी टोटनह्याम हट्सपरले ब्राईटनलाई २-० ले हराउँदा एभर्टनले न्युकासल युनाईटेडलाई १-० ले तथा लेष्टर सिटीले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्यो ।
गएरातीका खेलहरु पछि प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ४९ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।
समान खेलबाट ३८ अंकसहित म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ३५ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ ।(एजेन्सी)
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा