सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मङ्सिर २६। नेपालले थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा तृतराज दासले २७ रनको योगदान दिए ।
त्यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसीले ११ रन जोडे । सुनील भण्डारी ११ रनमा अविजित रहे । हङकङका नासरुल्ला रानाले ३ तथा रौनक कपुर, आर्यन शरद शेट्टी र हुसेन खान महमदले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले पूरै ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । खराब सुरुवात गरेको हङकङको सम्मानजनक स्कोरमा आर्यन शरद शेट्टीले २४ रनको योगदान गरे ।
शून्य रनमा ओपनर तेज नारायणलाई गुमाएको हङकङको लागि कालहन मार्क चल्लुले १६, आरुष भागवतले १२ रन जोड्दा कप्तान आदित गोरावाराले ७ रन बनाए । हङकङका ४ ब्याट्सम्यान शून्य रनमा पेभेलियन फर्किएका थिए । हङकङलाई सस्तैमा समेट्न नेपालका प्रतिष जिसीले ३ तथा अजय कुमार लोनियाले २ विकेट लिए । त्यस्तै निखिल कुमार सिहं र नारायण जोशीले समान १ – १ विकेट झारे ।
हङकङमाथिको जितसँगै समूह ए बाट नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । लगातार दुई खेलमा जित निकालेको नेपालले शिर्ष स्थानमा रहदै ४ अंक जोडेको छ । यो समूहमा २ अंक जोडेको हङकङ दोस्रो र समान अंकसहित थाइल्याण्ड तेस्रो स्थानमा छ । म्यानमार अंकबिहिन रहेको छ ।
प्रतियोगिताको अन्तिम खेल नेपालले बिहिबार म्यानमारसँग खेल्नेछ । यस्तै हङकङले थाइल्याण्डसँग खेल्नेछ । अन्तिम खेलपछि समूह विजेता र उपविजेताको तय हुनेछ । सेमिफाइनलमा समूह ए को बिजेताले समूह बि को उपविजेता र समूह ए को उपविजेताले समूह बि को बिजेतासँग खेल्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो ।
एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘बि’ मा मलेसिया, भुटान, चीन र सिंगापुर रहेका छन् । यो समूहमा सिंगापुर लगातार २ खेलमा जित निकाल्दै ४ अंक जोडेर सेमिफाइनलमा पुगेको छ । यो समूहमा मलेसिया दोस्रो र चीन तेस्रो स्थानमा रहेका छन् । दुवैको समान २ – २ अंक छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा