सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तपाईंले बजारबाट किनेर लगेको अण्डा प्लास्टिकको प¥यो भने आश्चर्यमा नपर्नुहोला ! केही समयअघि देखि प्लास्टिकको चामलको प्रयोग हुने गरेको सुनिएको भएपनि अण्डा प्लास्टिकबाट बनेको भने पाइएको थिइएन । तर बजारमा प्राकृतिक जस्तो देखिने अण्डा प्लास्टिकबाट बनेको पाइएको छ । जो स्वास्थ्यका लागि हितकर नभएको डाक्टरहरुले बताएका छन् । भारतको कोलकतामा यस्तै घटना सार्वजनिक भएको छ । पार्क सर्कस क्षेत्रमा रहेकी अनिताले स्थानीय एक पसलबाट १२ वटा अण्डा किनेर ल्याइन् । अनीता पछिल्लो एक महिनादेखि आफ्नो एक वर्षको बच्चालाई अण्डा खुवाउँदै आएकी छिन् ।
बच्चाको स्वास्थ्यमा समस्या आएपछि उनले डाक्टरलाई पनि देखाइन् । तर सही डायगनोज नभएका कारण बच्चाको स्वास्थ्यमा सुधार आउन सकेन । मंगलबार अनीताले अण्डाको अम्लेट बनाउन खोजेकी थिइन् । जव उनले अण्डा फोरिन् त्यसपछि उनी आश्चर्यमा परिन् । जसमा अण्डाको भित्री सतह प्लास्टिकको थियो । अनिताले भनन्,मेरो बच्चा एक वर्षको भयो, डाक्टरले बच्चालाई अण्डा खुवाउनका लागि भनेका थिए । यसका लागि पछिल्लो एक महिनादेखि बच्चालाई अण्डा खुवाइरहेको छु । खरिद गर्दा नै अण्डा अनौठो देखिएको थियो, तर मैले त्यसलाई वेवास्ता गरे ।’
उनले भनिन्,‘जब अमलेट बनाउनका लागि अण्डा फोरे तव भित्रि सतहमा प्लास्टिक देखें, केही समयदेखि मैले बच्चालाई प्लास्टिकको अण्डा खुवाइरहेको रहेछु ।’ उनले माथिल्लो पत्र डढाउँदा प्लास्टिक डढेको जस्तै गन्ध आयो । प्लास्टिकको अण्डा फोरेपछि मात्र थाह हुने उनले बताइन् । अनिताले स्थानीय प्रहरी चौकीमा यसको रिपोर्टसमेत दर्ता गराएकी छिन् ।
प्रहरीले प्लास्टिकको अण्डा कहाँ निर्माण हुन्छ भन्ने पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ । डाक्टरहरुले पनि अण्डा खरिद गर्दा सतर्क हुन आग्रह गरेका छन् । अण्डा हेर्दा उस्तै हुने तर यसले स्वास्थ्यलाई प्रतिकुल असर गर्ने उनीहरुले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा