चुनाव अपडेट

९९ बर्षका राष्ट्रकवि माधवप्रसाद घिमिरेले गरे मतदान


 December 7, 2017     सेतो खबर

काठमाडौँ, मंसिर २१ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । राष्ट्रकविले चुनावले देशमा स्थायीत्व ल्याउने तथा देश नयाँ युगमा प्रवेश गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ ।

Ime Inside



Ime Inside