सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, मंसिर २१ । भक्तपुर २ ख मध्यपुर थिमिमा अहिले ३ बजेसम्म ५० प्रतिशत बढि मत खसेको छ । ३९ हजार ८ सय मतदाता रहेको भक्तपुर क्षेत्र नं २ ख मा पर्ने मध्यपुर थिमिमा १७ मतदान केन्द्र रहेको छ । विहान ७ बजेबाट शुरु भएको मतदानमा सबै मतदान केन्द्रमा शन्तिपुर्ण मतदान भइरहेको छ ।
भक्तपुर २ प्रतिनिधिसभाका लागी बाम गठबन्धनका तर्फबाट एमालेका महेश बस्नेत, काग्रसेका दमननाथ ढुङगाना, नेमकिपा कि अनुराधा थापामगर तथा विवेकशिल साझाका शशि विक्रम कार्किको उमेदवारी परेको छ ।
भक्तपुर २ ख मध्यपुर थिमिको प्रदेश सभाका लागी नेपाली काग्रेसका गणेशमान चक्रधर र बाम गठवन्धनका तर्फबाट एमालेका राजेन्द्रमान श्रेष्ठको उमेदवारी परेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा