सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं मंसिर २१। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उपत्यकामा बम विस्फोट गराउँदै हिड्ने समूहका मुख्य योजनाकार रवी गोलेसहित विप्लवका ६ कार्यकर्तालाई पक्राउ गरेको हो।
गोले ललितपुरबाट पक्राउ परेका हुन्। पछिल्लो पटक बुढानिलकण्ठको चपलीमा कांग्रेस नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापामाथि गोलेकै समूहले बम विस्फोट गराएको प्रहरी स्रोतको दाबी छ। उनको साथबाट चाइनिज पेस्तोल र बम बनाउन प्रयोग हुने सामाग्री बरामद भएको प्रहरीले बताएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा