सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा ,मंसिर २१। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा नेपाली जनताले पहिलो पटक भाग लिएको बताएका छन्।
झापा क्षेत्र नम्बर १ को कलवलगुडी आधारभूत विद्यालयमा आज बिहान मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले भने,‘संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो, ‘निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन्।’
यो निर्वाचन जनता मालिक हुने निर्वाचन भएको भन्दै सिटौलाले अब संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने विश्वास व्यक्त गरे। निर्वाचनपछि परिवर्तन विरोधीहरू आफैँ पाखा लाग्ने सिटौलाको भनाई थियो।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा