सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २१ । ४५ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भइरहेका चुनावमा समानुपातिक र प्रत्यक्ष चुनाव प्रणाली अन्तर्गत १० हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रतिनिधि सभाका १ सय २८ र प्रदेश सभाका २ सय ५६ निर्वाचन क्षेत्रमा भइरहेको चुनावमा १ करोड २२ लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य रहेको आयोगले जनाएको छ। साँझ ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने आयोगले बताएको छ।
आयोगका अनुसार मतदाताले मतदान केन्द्रमा मोबाइल, लाइटर तथा अन्य सामान लैजान रोक लगाइएको छ। बिहीवारको मतदान सम्पन्न हुना साथ पहिलो चरणको मतदान भएका ३२ जिल्लामा मतगणना शुरु हुने आयुक्त ईश्वरी पौड्यालले बताएका छन्।
उनका अनुसार थोरै मतदाता भएका क्षेत्रमा मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको प्रतिनिधि तथा प्रदेश सभाको नतिजा आउनेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा