चुनाव अपडेट

बालकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, नेपाली सेनाद्धारा बम डिस्पोज


 December 7, 2017     सेतो खबर

भक्तपुर, मंसिर २१ । भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटको गणेश निमावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि झडप भएको छ ।
दुवै पार्टीले एक अर्कालाई बुथ कब्जा गरेको आरोप लगाउँदै एक अर्कामाथि आक्रमण गरेका हुन् । बालकोट जाने चारदोवाटोबाट लगभग १०० मिटर माथि हनुमन्ते पुलमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
मतदानस्थलमा भने थप सुृरक्षाकर्मी खटाएर मतदान भने सुचारु गरीएको छ ।

Ime Inside



Ime Inside