सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, मंसिर २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको शिवनगरस्थित शान्तिपुर आधारभुत प्राविबाट मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर ३ का उमेदवार दाहाल बिहान ७ बजे नै केन्द्रमा पुगेका थिए । उक्त केन्द्रबाट प्रचण्डले नै पहिलो मतदान गरेका थिए । मतदानपछि उनले प्रदेश र संघको मतदान गर्दा गर्वको महसुस भएको बताए । उनले मतदान पछि यो ऐतिहासिक निर्वाचन भएको भन्दै यसलाई उत्सवका रुपमा मनाउनुपर्ने समेत बताएका छन्।
प्रचण्डले देशमा समृद्धिको यात्रामा सुरु भएको भन्दै राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताए।
“पहिलो आधार भनेको राजनीतिक स्थायित्व सुरु हुँदैछ । कहिल्यै पनि सरकार पाँच वर्ष टिक्न पाएन । अहिले पहिलोपटक त्यो स्थिति पैदा हुँदैछ,” प्रचण्डले भने, “जसको भए पनि बहुमत आउँछ तर यसैबीच उनले देशमा अब वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि सुनाए ।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा