सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दार्चुला, मंसिर २१ । सुदूरपश्चिमका केही जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। ९ बजेर ५ मिनेट जाँदा दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ लगायत भारतको उत्तराखण्डका विभिन्न क्षेत्रमा धक्का महसुस गरिएको हो ।
भारतका ५ प्रदेशमा धक्का पुग्ने गरि बुधबार राती ८ः ५० बजे भूकम्प गएको छ । भारत उत्तराखण्डको रुद्रप्रयाग केन्द्रविन्दु बनाएर ५ दशमल ५ रेक्टर स्केलको भूकम्प गएको हो । भारतका दिल्ली एनसीआर,उत्तरखण्ड,उत्तर प्रदेश,पञ्जाप र हिमाञ्चल प्रदेशका अधिकांश भूभागमा भूकम्पको धक्का महशुस गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भूकम्पको तिव्रता ५।५ रेक्टर स्केलको भएता पनि करिब १०देखि १२ सेकन्डसम्म आएको भातरीय भूगर्भ विभागले जनाएको छ । उत्तरखण्डको बागेश्र र रुद्रप्रयागमा सबैभन्दा बढी धक्का महशुस गरिएको छ । भूकम्पबाट कुनै मानविय क्षति भएको जानकारी अहिलेसम्म प्राप्त नभएपनि धक्का कडा महशुस भएको समाचारमा जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा