सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २० । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले यूएईलाई २ सय २२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा आएको नेपालले यूएइको राजधानी अवुधावीस्थित शेख जायेद रंगशालामा ६ विकेट गुमाई २ सय २१ रन बनायो । नेपालबाट शरद भेषावकरले सर्वाधिक ८१ रन बनाए ।
च्याम्पियनसिपमा यो उनको उच्च स्कोर हो । त्यस्तै ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्का र सोमपाल कामीले समान २०, दिलीप नाथ १६, विनोद भण्डारी ४ र आरिफ शेख शून्यमा आउट भए । वसन्त रेग्मी १४ रनमा नटआउट रहे ।
नेपालले विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले युएईको सामना गर्दैछ । खेल युएइको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा हुँदै छ । नेपाल र युएई शीर्ष चारको दौडबाट बाहिरिसकेका छन् ।
लाईभ :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा