सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मनाङ, मंसिर २०। हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । मंगलबार बिहान देखि परेको हिमपात अझै रोकीएको छैन । हिमपातका कारण स्थानीयको जनजीवन भने सामान्य रहेको छ । जिल्लाका माथिल्ला भेगहरुमा अत्याधिक जाडो बढेको छ । माथिल्लो मनाङमा पर्ने नेस्याङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातले पर्यटक र सवारी आवागन भने प्रभावित भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका निमित्त प्रमुख कैलासबाबु तिवारीले बस्तीमै आउने गरी पहिलोपटक हिमपात भएको बताए । उनले २-३ इन्च हिउँ जमेको बताए । उनले भने मंगलबार बिहानदेखि परेको हिउँ बुधबार बिहानसम्म रोकीएको छैन । हिमपातपछि माथिल्लो मनाङ क्षेत्रको मोवाइल नेटवर्कमा समस्या आएको छ ।
मनाङको चामेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने मनाङ, भ्राका, टंकी लगायत गाउँका बस्तीमै हिउँ परेको स्थानीयले बताएका छन् । माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा चिसो बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा