सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदमा राहुल गान्धी निर्विरोध निर्वाचित हुने पक्का भएको छ ।
उम्मेदवारी दर्ता गराउने अन्तिम म्याद सोमबारसम्म राहुलको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध अध्यक्ष हुने भएका हुन । हाल राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसकी वर्तमान अध्यक्ष छिन् । भारत काग्रेसमा सधै नेहरु गान्धी परिवारको बचस्व रहदै आएको छ ।
उनले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ । राहुल गान्धी अहिले पार्टी उपाध्यक्ष हुन् ।
पाँच वर्षदेखी उपाध्यक्ष पद सम्हालेका राहुलको काँधमा अब भारतकै सबैभन्दा पुरानो पार्टीको नेतृत्व आइपरेको छ । सोनिया गान्धिले १९९८ देखी सबैभन्दा लामो १९ बर्ष पार्टीको अध्यक्ष पद सम्हाल्दै आउनु भएको थियो । राहुललाई बरिष्ट नेताहरुले टुइटरमार्फत बधाई तथा शुभकामना पनि दिइएको छ । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा