सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर १९ । हेर्दा सृुन्दर देखिने इन्द्रेणी हेरिरहूँ लाग्दालाग्दै पनि क्षणभरमै हराएर जान्छ । तर गत हप्ता एउटा अनाैठाे घटना घटेकाे छ । नाेभेम्बर ३० मा ताइवानको ताइपेइमा हालसम्म संसारकै सबैभन्दा लामाे समयसम्म इन्द्रेणी देखिएको जनाइएकाे छ ।
लगातार ९ घण्टासम्म देखिएकाे इन्द्रेणी गिनिज बुकमा राख्न प्रस्ताव गरिने भएकाे छ । ताइपेइस्थित चिनियाँ साँस्कृतिक विश्वविद्यालयले साे इन्द्रेणीलार्इ हालसम्मकै संसारकाे सबैभन्दा लामाे समयसम्म देखिएकाे इन्द्रेणीकाे रुपमा दर्ता गर्न प्रमाणसहित गिनिज वर्ल्ड रेकर्डस् समक्ष प्रस्ताव गर्ने भएकाे हाे ।
प्रमाणका लागि अवलाेकनकाे क्रममा तस्वीर र भिडियाे रेकर्ड गरिएकाे जनाएकाे छ । विहान ६:५७ देखि दिउँसाे ३:५५ सम्म लगातार ८ घण्टा ५८ मिनेट साे इन्द्रेणी देखिएकाे थियाे । विश्वविद्यालयका प्राेफेसर तथा विद्यार्थीहरूले उक्त इन्द्रेणीकाे रेकर्ड गरेका थिए ।
यसअघि इंगल्याण्डकाे याेर्कशायरमा सन् १९९४ मार्च १४ मा लगातार ६ घण्टासम्म देखिएकाे इन्द्रेणीलार्इ विश्वकाे सबैभन्दा लामाे समयसम्म देखिएकाे इन्द्रेणीकाे रुपमा गिनिज बुकमा अंकित छ । बीबीसी
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा