सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर ,मंसिर १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आज बसेको बोर्डको बैठकले गत असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यो वर्ष १ लाख १ हजार ३ सय ७५ विद्यार्थी आंशिक परीक्षामा सामेल भएकोमा ३६ हजार ७४ विद्यार्थी उतिर्ण भएको बोर्डले जनाएको छ। यो २१ जना परीक्षार्थीको भने परीक्षा रद्द गरिएको छ।
परीक्षाको नतिजा थाहा पाउन www.moe.gov.np लगअन गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै NEB टाइप गरेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखेर १६०१ नम्बरमा एसएमएस गर्न सकिने पनि बोर्डले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा