सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, मंसिर १८। कतारमा तलब नपाउँदा अलपत्र बनेकी खोटाङकी एक युवतीलाई स्वदेश फर्काइएको छ । कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपीलासगढी गाउँपालिका–३ बासपानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो । निरन्तर काम गरे पनि कम्पनीले चार महिनादेखि तलव नदिएपछि अलपत्र बनेकी राईलाई एकतर्फी हवाई टिकट उपलव्ध गराएर स्वदेश फकाईएको हो ।
पाउनुपर्ने बाँकी तलवका लागि पटक पटक माग राखे पनि कम्पनी मालिकले वास्ता नगरेपछि श्रम अदालतमा उजुरी दिँदा पनि कम्पनी मालिक सम्पर्कविहिन बनेपछि राई बिचल्लीमा परेकी थिइन् ।
कम्पनीबाट लामो समयसम्म तलव नपाउँदा समस्यामा परेपछि उनले सहयोगका लागि खोटाङ सेवा समाज समक्ष सहयोगका लागि मौखिक आग्रह गरेकी थिइन् । राई २७ महिना अघि कतार पुगेकी थिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा