चुनाव अपडेट

चलचित्र ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक ,पौष २८ गतेबाट प्रदर्शनमा आउने (ट्रेलरसहित)


 December 2, 2017     सेतो खबर

काठमाडौँ, मंसीर १६ । चलचित्र ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्र हाइलाइट्स नेपाल यूट्यूबमा सार्वजनिक भएको हो । ओमप्रतिक गुरुङको निर्देशनमा बनेको उक्त चलचित्रमा आर्यन अधिकारी र नायिका प्रियंका कार्की मुख्य भूमिका रहेको छ । रामशरण राना , भुपेन्द्र सुवेदी र पुष्पान्जली अधिकारीको संयुक्त निर्माण रहेको चलचित्रमा कार्यकारी निर्माता रमेश प्रजापति रहेका छन् ।

चलचित्रलाई सुरेश बज्रचार्यको छायाँकन रहेको छ । चलचित्रमा आर्यन र प्रियंका का अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्म पौष २८ गतेबाट अलनेपाल प्रदर्शनमा आउने भएको छ ।

Ime Inside



Ime Inside