सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मङि्सर १५ । नायिका केकी अधिकारी र नायक नाजीर हुसैन स्टारर फिल्म ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले सार्वजनिक गरेका छन् । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।
निर्देशक एवं पटकथा लेखक थापाले पहिलोपटक मधेशी कन्टेन्टमा फिल्म निर्देशन गरेका छन् । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो फिल्म मैथिली भाषामा पनि प्रदर्शन हुँदैछ । यो फिल्म पुष २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।
ट्रेलर हेर्नुहोस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा