सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, मंसिर १५ । ज्योति विकास बैंकले शुक्रबारबाट दाङको राप्ती गाँउपालिका४, मौरीघाटमा शाखा विस्तार गरेको छ । एक विशेष समारोहका विच प्रमुख अतिथि राप्ती गाँउपालिका प्रमुख नुमानन्द सुवेदीे तथा बैंकका संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमागर्नृु भएको हो । यस शाखासँगै दाङमा बैंकको ४ बटा शाखा कार्यालय भएका छन् ।
समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख, वडा अध्यक्ष सदस्य, नागरिक समाजका अगुवा तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
बैकले आफनो कार्यक्षेत्र शहर तथा सदरमुकाममा मात्र सिमित नगरी वितिय पहुचलाई सबै ठाउँमा पुर्याउने उदेश्यका साथ ग्रामिणभेगहरुमा समेत थप शाखा विस्तार गर्दे लाने जनाएको छ ।
२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा ज्योती विकास बैंक निजी क्षेत्रको अग्रणी विकास बैंकहरु मध्ये एक हो ।
बैकले हाल ४६ वटा शाखा र १४ वटा एटिएम मार्फत सेवा दिइरहेको छ । बैकले निक्षेप तथा कर्जा सुविधासहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराइरहेको छ ।
राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ भने बैकले गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुर्याउने लक्ष्य रहेको बताएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा