सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १५ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ र विक्रिदर २८ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १५ पैसा र विक्रिदर २५ रुपैयाँ ३० रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र विक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ८८ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ५५ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ १४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा