सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १४ । केही समय यता विदेशबाट फोन आउँदा समेत नेपालकै नम्बर देखिने समस्या देखिएको छ । अवैध मार्गबाट आउने यस्ता कलले कम्पनी र सरकारकै राजश्वमा समेत असर पर्ने भन्दै नेपाल टेलिकमले ध्यानकार्षण गरेको छ । नेपाल टेलिकमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल टेलिकमका मोबाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अबैद्य मार्गबाट आएको हुने बताएको छ ।
यसरी आउने कलको गुणस्तर कमजोर हुनुको साथै राजस्व समेत छलिएको हुने नेपाल टेलिकमकी प्रवक्ता प्रतिधा वैद्यले जनाउनुभएको छ । विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुने टेलिकमले जनाएको छ ।
त्यस्तै पछिल्लो समय ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै विभिन्न सेवाग्राहीलाई गरिएका कलहरुमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएको छ । यदि विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोवाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी त्यो नम्बर टिपाइदिन टेलिकमले सम्पूर्ण ग्राहकमा अनुरोध गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा