सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १४ मंसिर । सामाजिक काममा सक्रिय रहेका धुर्मुस सुन्तलीले आफ्नो दसौं वैवाहिक वर्षगाँठको अवसरमा अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । संघिय मामिला तथा स्थानिय बिकाश मन्त्रालयका सचिव एवंम नेपाली गीत संगीत क्षेत्रका सुप्रसिद्ध गीतकार दिनेश थपलियाको शब्द रहेको उक्त भिडियोमा राजेशपायल राई र अञ्जु पन्तको आवाज रहेको छ । म्युजिक भिडियोको निर्माण सुबिहानी फिल्मसले गरेको हुन भने भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा अर्जुन पोखरेलले संगीत दिएका छन् ।
‘म जुन दिनदेखि‘’ बोलको म्युजिक भिडियोको निर्देशन धुर्मुस सुन्तली आफैंले गरेका छन् । भिडियोमा हरिष निरौला (कक्रोज) को कोरियोग्राफी हेर्न सकिनेछ । कतारमा समेत छांयाकन गरिएको उक्त भिडियो गीतलाई पापा र नवराज उप्रेतीले खिचेका छन् ।
धुर्मुस सुन्तली २०६५ मंसीर १४ गते बैवाहिक सम्वन्धमा बाधिएका थिए । मंसीर ४ गते आफ्नो दशौं एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘म जुन दिन देखी’ बोलको गीतको भिडियो रिलिज गरेका हुन् ।
दिनेश थपलियाले लेखेको गीतलाई अर्जुन पोखरेलले संगीत दिएका छन् । ‘म जुन दिनदेखि‘’ बोलको म्युजिक भिडियोको निर्देशन धुर्मुस सुन्तली आफैंले गरेका छन् । विदेशको रमणीय लोकेसनमा छायाँकन गरिएको गीतलाई पापा र नवराज उप्रेतीले खिचेका छन् ।
यस्तो छ भिडियो ;
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा