सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मंसिर १३ । ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैंकठले यस अघि का.मु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहनुभएका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
सिइओ अनिल ज्ञवालीले बैंक छाडेसँगै प्रमुख कार्यकारी अधिकृतको पद खाली थियो ।
लण्डनबाट एमविए गर्नुभएका पौड्यालसँग बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव रहेको छ । १९८७ मा इन्ट्रि लेभल मार्फत नविल बैंकबाट आफनो करियर सुरु गरेका पौड्यालले नबिल बैंकमा ११ बर्ष काम गरी तात्कालिन एनआइसी बैंक प्रवेश गनुभएको थियो । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्याल पाँच बर्ष सेवा गरी लक्ष्मी बैक स्थापनामा सक्रिय भुमिका निर्वाह गरेका थिए । लक्ष्मी बैंकमा एक बर्ष काम गरी पौड्याल अध्ययनका लागि लण्डन जानुभयो । लण्डनमा अध्ययनसँगै लण्डनकै बैंकमा करिब साढे चार बर्ष काम गरेको अनुभव पौड्यालसँग रहेको छ ।
तात्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा प्रवेश गरेका उनी नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु प्रमुख कार्यकारी अधिकृत हुदै प्रमुख कार्यकारी अधिकृतको चयन हुनुभएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा