सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर ८ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमै पहिलो पटक भाइबर सेवा सुरु गरेको छ । सो सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट, कम्यूटर लगायतबाट रेमिट्यान्स सेवाको सम्पुर्ण जानकारी लिन सक्नेछन् ।
ग्राहकरुले सिटी एक्सप्रेसको भाइबर सेवामार्फत आफुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र नभई अन्य ग्राहकले पनि उपयोग गर्न सक्नेछन् ।
सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो करिब ५ हजार भन्दा बढि एजेन्टहरुद्वारा सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा