सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, मंसिर ६ । ज्योति विकास बैंकले कैलालीको चौराहमानमा नयाँ शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमका विच शाखाको समुदघाटन नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर श्री नृप बहादुर वडुले संयुक्त रुपमा गर्नृु भएको हो ।
समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख, वडा अध्यक्ष सदस्य, नागरिक समाजका अगुवा तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
देश भरिनै शाखा विस्तार गर्ने क्रमलाई तिव्रता दिदै गत साता मात्रै बैंकले मकवानपुरको बाग्मतीगाउँपालिका फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नयाँ शाखा सञ्चालनमा ल्याईसकेको छ ।
बैकले आफनो कार्यक्षेत्र शहर तथा सदरमुकाममा मात्र सिमित नगरी वितिय पहुचलाई सबै ठाउँमा पुर्याउने उदेश्यका साथ ग्रामिणभेगहरुमा समेत थप शाखा विस्तार गर्दे लाने जनाएको छ ।
२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा ज्योती विकास बैंक निजी क्षेत्रको अग्रणी विकास बैंकहरु मध्ये एक हो ।
बैकले हाल ४७ वटा शाखा र १४ वटा एटिएम मार्फत सेवा दिइरहेको छ । बैकले निक्षेप तथा कर्जा सुविधासहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा