सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर ६ । सरकारले चार जना डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको हो ।
गत मंसिर २७ गते एआईजीका चार दरबन्दी थपेर एआईजीका लागी बढुवामा सिफारीस गरेको थियो ।उनीहरु सबै आईजिपी प्रकाश अर्यालका ब्याची हुन् । उनीहरु सबैले आगामी चैतमा अवकाश पाउदैछन् ।
तीन महिनाअघि नै सरकारले दुई वटा एआईजीको दरबन्दी सिर्जना गरेको थियो तर, प्रतिस्पर्धी धेरै भएपछि फेरी दुईवटा दरबन्दी थपिएको थियो।
बढुवा उपर उजुरी दिन एक हप्ताको समय दिइएकोमा कुनै उजुर नपर्दा चारैजनालाई एआईजीमा बडुवा गरेको हो ।
यो सँगै नेपाल प्रहरीमा अब एआईजीको संख्या १६ पुगेको छ । १५ जना प्रशासतर्फ तथा एकजना प्रहरी अस्पतालमा एआईजी हुने भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा