सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मंसिर ६ । गोरखा क्षेत्र नम्बर २ बाट वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनताको उत्साहपूर्ण मतदानले आफूलाई जिताउने दाबी गरेका छन् ।आफ्नो राजनीतिक भूमिकाका कारण जनताले त्यसको सही मूल्याङ्कन गर्ने विश्वास गर्दै श्रेष्ठले आफ्ना प्रतिस्पर्धी बाबुराम भट्टराईसँग आरोप–प्रत्यारोपमा नउत्रिएको बताए । बाबुराम भट्टराईले विगतमा माओवादीमा रहँदा अर्थमन्त्री र प्रधानमन्त्री बन्ने मौका पाए पनि गोरखाका जनताको हितमा काम गर्न नसकेको आरोप लगाए ।
भट्टराईले जति काम गर्नुभयो, त्यो सबै माओवादीमा रहँदा गरेको उल्लेख गर्दै श्रेष्ठले भट्टराईको व्यक्तिगत योगदान केही पनि नरहेको बताए । “यो कुरामा गोरखाली जनता भ्रममा छैनन् । व्यक्तिगत रुपमा गरेको भए हाम्रो पार्टी छोडेर जुन पार्टी बनाउनुभयो, त्यसपछि गोरखाका जनतालाई कतिवटा विकासका योजना दिनुभयो ?” श्रेष्ठले प्रश्न गरे । सामुहिक रुपमा गरेको कामको जस भट्टराईले एक्लै जस लिन खोजेको आरोप श्रेष्ठको छ । भट्टराईको कुरा अहिले गोरखाका जनताले सुन्नै नसक्ने बताए ।
पछिल्लो समय भट्टराई अलमलमा परेको बताउँदै सिद्धान्तबाट नै उनी विचलित भएको श्रेष्ठले बताए । संविधान निर्माणका क्रममा पनि भट्टराईको भूमिकाभन्दा पनि माओवादीको भूमिका रहेको श्रेष्ठले बताए ।चुनावपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै श्रेष्ठले देशलाई स्थिर सरकार दिने बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा