सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर ६ । साबिक विजेता स्पेनिस फुटबल क्लव रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह चरण अन्तर्गत मंगलबार राती भएको खेलमा साइप्रसको अपोईल निकोसियालाई उसैको मैदानमा ६-० ले हराउँदै रियाल मड्रिडले अन्तिम १६ मा ठाउँ पक्का गरेको हो ।
अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई फराकिलो जित दिलाउन करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले दुई दुई तथा लुका मोड्रिक र नाचोले एक एक गोल गरे ।
खेलको पहिलो हाफको २३ औं मिनेटठमा मोड्रिकले पहिलो गोल गर्दे रियल मड्रिडले सुरुवाति अग्रता दिलाए । बेन्जिमाले ३९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । नाचोले ४१ औं मिनेटमा एक गोल थपे भने पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ४–० को अग्रता लियो । दोस्रो हाफमा रियल मड्रिडका लागि रोनाल्डोले ४९ र ५४ औ मिनेटमा दुई गोल गरे । खेलमा गोल गर्ने मौका पाए पनि निकोसियाले गोल गर्न नसक्दा ६–० फराकिलो हार ब्यहोर्यो ।
जितसँगै रियल मड्रिडको १० अंक भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा