सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर ५ । अफ्रिकन मुलुक नाइजेरियाको पूर्वी राज्य अदामावामा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । मुवि शहरस्थित एक मस्जिदमा प्रार्थना गर्न भेला भएका बेला नमाज पढिरहेका एक व्यक्तिले विस्फोट गराएको बीबीसीले उल्लेख गरेको छ । सो विस्फोटको जिम्मा भने कसैले लिएको छैन ।
यसअघि, नाइजेरियामा इस्लामिक विद्रोहीले आक्रमण मच्चाउँदै आएको थियो । बोको हरामले ८ बर्ष यता गरेको संघर्षमा २० हजार मानिसको मृत्यु भइसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा