सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर ५ ।अमेरिकाले उत्तर कोरियालाई फेरी आतंकवादलाई प्रोत्साहन गर्ने राष्ट्रको सूचीमा राखेको छ । झण्डै १ दशकपछि अमेरीकाले पियोङयाङ्गलाई आफ्नो बैलिस्टिक मिसाइल र परमाणु हतियार कार्यक्रमहरू सञ्चालन गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो घोषणाले उक्त सुचीमा राखेको हो ।
एसियाका जापान, चिन र दक्षिण कोरीयाको भ्रमणबाट फर्के लगतै यो कदम धेरै पहिला चाल्नुपर्ने थियो भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
योसँगै अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । साथै उसले अरु मुलुकहरुलाई पनि आर्थिक प्रतिबन्ध लगाउन तथा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदबाट फिर्ता पठाउनु पर्ने भनेको छ ।
सन १९८७ मा दक्षिण कोरीयाली विमानस्थलमा १०० जना भन्दा बढिको मुत्यु हुनेगरी बम आक्रमण सहयोग गरेको आरोपमा उत्तर कोरीयालाई आतंकवादलाई प्रोत्साहन गर्ने राष्ट्रको रुपमा राखेको थियो । यसपछि २००८ मा परमाणु कार्यक्रम ध्यस्त पार्ने बार्ताले सुचीबाट हटाइएको थियो ।
उत्तर कोरियाका पछिल्ला चरणबद्ध परमाणु कार्यक्रमतर्फ इङ्गित गर्दै ट्रम्पले विश्वमा आंतकवादलाई समर्थन गरेको आरोप लगाउनुभएको छ ।
उत्तर कोरीयाले छैटो परमाणुको पनि सफल परिक्षण गरिसकेको छ । संयुक्त राष्ट्रसंघको प्रतिबन्ध तथा विश्व समुदायको चर्को आलोचनाका बाबजुद उत्तर कोरियाले पटक–पटक परमाणु कार्यक्रमको परिक्षण र प्रक्षेपण गर्दै आएको छ । यो घोषणासँगै उत्तर कोरीया र अमेरीकाको सम्वन्धमा थप चीसोपन आउने देखिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा