सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर ५ । आइसीसी महिला टि–२० विश्वकपको एसिया क्षेत्रको छनौटको दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दैछन् ।
सोमबार भएको थाइल्याण्ड र नेपालविचको खेलमा थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बल खेल्दा १० रन बनाएको अवस्थामा पानी परेपछि खेल बराबरी भएको हो । पानी परेसँगै अंक बाँड्न बाध्य नेपाली महिला आज जितको खोजीमा हुनेछन् ।
थाई इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सरिता मगरले २ तथा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिएका थिए।
दुई खेलाडी रन आउट भए । जवाफमा नेपालले ३ ओभर ४ बल खेल्दा कुनै विकेटको क्षति बिना १० रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द भएको हो ।
सोमबार भएका अन्य खेलमा खेलमा हङकङले मलेसियालाई, युएइले चीनलाई पराजित गरेको छ ।
हङकङले मलेसियालाई ३५ रनले हराउँदा युएईले चीनलाई १६ रनले पराजित गर्यो ।
एसियाको पूर्वी क्षेत्रबाट ६ टोलीले राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकप छनौटमा भाग लिने छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा