सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर ४ । आइसीसी महिला टि–२० विश्वकपको एसिया क्षेत्रको छनौटमा सोमबार बैंककको टेर्डथाई क्रिकेट रंगशालामा भएको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ ।
घरेलु टोली थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बल खेल्दा १० रन बनाएको अवस्थामा पानी परेपछि खेल बराबरी भएको हो । त्यसपछि खेल हुन सकेन र दुवै टोलीले एक–एक अंक बाँडे।
बैंककमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट जाँदा ९० रन बनाएको हो । नेपालका लागि सरिता मगरले २ तथा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिएका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन जोडेको थियो। थाइल्याण्डका लागी चाइवाईले सर्वाधिक २३ रन त्यस्तै, चानथमले १८ रन जोडेका थिए ।
प्रतियोगिता अन्तर्गत नेपालले भोलि मंगलबार हङकङसँग खेल्नेछ।
सोमबार भएका अन्य खेलमा हङकङले मलेसियालाई, युएइले चीनलाई पराजित गरेको छ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकप छनौटमा भाग लिने छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा