सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर ४ । भ्यालेन्सियाले स्पानियोल माथि २–० को जित हासि गरेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत अवे मैदानमा आइतबार राति भएको खेलमा जित निकाल्दै स्पेनिस लिग च्याम्पियन बार्सिलोनासँगको अंक दूरी चारमा झारेको हो ।
भ्यालेन्सियाको जितको लागि ६७ औं मिनेटमा कोन्डोग्बिया र ८३ औं मिनेटमा मिना लोरेन्जोले गोल गरे । स्पानियोलले पनि केही गोल गर्ने मौका पाए पनि जाली चुमाउन नसक्दा हार ब्यहोर्यो ।
जितपछि १२ खेलबाट ३० अंक प्राप्त गर्दे भ्यालेन्सिया बार्सिलोनाको भन्दा चार अंकले पछि पर्दे दोस्रो स्थानमा कायमै छ । समान खेल खेलेको बार्सिलोना ३४ अंक सहित शिर्ष स्थान कायमै छ । २४ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा कायमै छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा