सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ओखलढुंगा, २ मंसिर । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ ।
सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिनुभयो ।
वाम गठबन्धनको चुनावीसभामा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली काँग्रेसको चुनावीसभामा भने काँग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा