सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २। नयाँ शक्तिका संयोजक तथा गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार बाबुराम भट्टराईका लागि भोट माग्न काग्रेसका बरिष्ट नेताहरु आज गोरखा जाने भएका छन्। आज गोरखाको पालुङटारमा कांग्रेस र नयाँ शक्तिले संयुक्त चुनावी सभा गर्दैछन्।
कांग्रेस नेतासँगै नायिक तथा नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धर र केही समयअघि कांग्रेस प्रवेश गरेका उद्यमी बिनोद चौधरी पनि गोरखा जाँदै छन् ।
बिहान ११ बजे सुरु हुने सभामा उम्मेदवार भट्टराईसहित कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, विनोद चौधरी, कांग्रेस नेता सुरेन्द्र पाण्डे, नयाँ शक्तिकी करिष्मा मानन्धर, देवीप्रसाद ओझा लगायतले सम्बोधन गर्दे छन् ।
गोरखा २ मा नयाँ शक्तिले कांग्रेसका उम्मेमदवार चीनकाजी श्रेष्ठलाई सघाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा