सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २ । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८ राउन्ड गोलीसहित वसन्त थेवे र धनराज योङहाङलाई पेस्तोल, कटुवा पेस्तोलसहित बिहीबार बेलुका पक्राउ गरेको थियो।
पक्राउ परेका दुवैजना गौचनको गतिविधि निगरानीमा खटिएका र हत्यापछि हतियार लुकाएर राख्न संलग्न रहेको सूचना आएपछि पक्राउ गरेर अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको ब्युरोका डिआइजी पुष्कर कार्कीले जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा