सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, मंसिर १ । रसुवामा शुक्रबारदेखि म्यादी प्रहरी खटिएका छन् । चुनावको सुरक्षालाई मध्येनजर गर्दै छनोट गरिएका दुई सय ४० जना म्यादी प्रहरीलाई नियुक्तिपत्र दिएर खटाइएको हो । चुनाव आउन ९ दिन मात्र बाँकी छँदा उनीहरुलाई शनिबार बेलुकीसम्म कार्यक्षेत्र पुग्ने गरी खटाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । मतदानस्थल तथा केन्द्रमा नेपाल प्रहरीको मातहतमा रहेर उनीहरुले काम गर्ने प्रहरी नायव उपरीक्षक शरत कुमार थापा क्षेत्रीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी ८ सय ५८ जना खटिने छन् । दुई सय ८५ नेपाल प्रहरी, तीन सय ३३ सशस्त्र प्रहरी र दुई सय ४० जना म्यादी प्रहरी मतदानस्थल, मतदान केन्द्र र मोबाइलको रुपमा परिचालित हुने बताइएको छ ।
गत वैशाख ३१ गते भएको चुनावमा पनि खटिएकाले काम गर्न सहज हुने उहाँको भनाइ छ । मतदानस्थल तथा मतदान केन्द्रमा शान्ति सुरक्षा कायम गर्न चुनावी सुरक्षाका लागि खटिन लागेका उनीहरुले निर्वाचनलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा