सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १। नयाँ शक्तिसँग चुनावी तालमेल गरेको नेपाली कांग्रेसका नेताहरू बाबुराम भट्टराईका लागि भोट माग्न गोरखा जाने भएका छन्। शनिबार गोरखाको पालुङटारमा कांग्रेस र नयाँ शक्तिले संयुक्त चुनावी सभा गर्दैछन्।
सो सभालाई सम्बोधन गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पालुङटार जाने भएका छन्। उनीसँग केन्द्रीय सदस्य प्रदीप पौडेल पनि पालुङटार जान लागेका छन्। काठमाडौं ४ बाट उम्मेदवार बनेका अर्का नेता गगन थापा पनि बाबुरामको क्षेत्रमा भोट माग्न जाने भएका छन्।
उनी मंसिर ५ गते गोरखा जान लागेका छन्। उनले गोरखा १ का कांग्रेस उम्मेदवार चिनकाजी श्रेष्ठ र २ का उम्मेदवार भट्टराईका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा