सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , मंसिर १ । नेपाल ७ विकेटले पराजित हुँदै मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपको सेमिफाइनलबाट बाहिरिएको छ। समूह चरणमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराएर पहिलो पटक समूह चरण पार गर्दै सेमिफाइनल पुगेको नेपालका लागि फाइनल पुग्न अफगानिस्तान बाधक बन्यो। बलिङमा मुजिव उर रहेमान र ब्याटिङमा रहमानुल्लाह गुर्बाज चम्केपछि नेपाल ७ विकेटले पराजित भएको हो। यसअघिको तिन वटै संस्करणमा सेमिफाइनल पुगेर बाहरिएको अफगानिस्तान पहिलो पटक फाइनल पुगेको हो।
नेपालले सन् २०११ यता अफगिनस्तानलाई यू-१९ लेभलमा पराजित गर्न सकेको छैन। अहिलेसम्म भएको १० भिडन्तमा अफगानिस्तान ७ पटक विजयी हुँदा नेपालले भने ३ खेलमा मात्र जित हात पारेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपाले २८ ओभरमा १०३ रनमै अलआउट भएको थियो। नेपालले दिएको १०४ रनको लक्ष्य अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा