सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मंसिर १ । कतारले विदेशी कामदारको न्यूनतम मासिक तलब ७५० रियाल (करिव २१ हजार रुपैयाँ) मात्रै तोकेको छ ।
कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इशाविन साद अल जफैल अल नुएमीले अस्थायी रुपमा ७५० रियाल तोकिएको बताएका छन् ।
यो तलब नेपाल सरकारले निर्धारण गरेको भन्दा १५० रियाल कम हो । नेपाली कामदारको प्रमुख गन्तव्यको रुपमा रहदै आएको कतारमा करिव ४ लाख नेपाली कार्यरत छन् ।
‘कामदारको बसोबास, खाना र स्वास्थ्य सेवालगाएत अन्य खर्च भने रोजगारदाता आफैले ब्यहोनु पर्ने छ ।
कतारले दुई साताअघि अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को वैठ्कमा कामदारको न्यूनतम तलब तोक्ने प्रतिवद्धता जनाएको थियो ।
कतारले तोकेको यो तलब नेपाली कामदारले अपेक्षा गरेभन्दा निकै कम हो । सन् २०१३ मै नेपाल सरकारले कतारमा बढ्दो महँगीलाई मध्यनजर गर्दै न्यूनतम तलब ९ सय रियाल तोकेको थियो । वैदेशिक रोजगार विभागले न्यूनतम तलब ९ सय र खाना वापत ३ सय गरी १२ सय रियाल तलब दिन तयार हुने कम्पनीलाई मात्रै कामदार पठाउने गरेको थियो ।
सन २०२२ हुन लागेको विश्वकप फुटबललाई लक्षित गरी बैदेशिक रोजगार विभागहरुले कतारमा कामदार पठाउनको लागी थप गृहकार्य गरीरहेको अवस्थामा कतारको यस्तो निर्णयले कामदार पठाउन समस्या आउने म्यानपावर ब्यवसायीहरु बताउछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा