सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, मङ्सिर १। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको गतिविधिबाट जिल्लावासी त्रसित बनेका छन्।
नेकपाका कार्यकर्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवार तथा जनप्रतिनिधिको घरजग्गा कब्जा गर्न थालेपछि जिल्लावासी त्रसित बनेका हुन्। वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार विशाल भट्टराई, कांग्रेसबाट प्रदेससभा खोटाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार सुवाशकुमार पोखरेल, हलेसी चुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, लामीडाँडा गाउँपालिका प्रमुख लीलानाथ निरौला लगायत सात जनाको घरजग्गा कब्जा गरिएको नेकपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
रातको समयमा गाँउ पस्ने नेकपाका कार्यकर्ताले घरको आगनमा पार्टीको झण्डा गाड्नुका साथै घरजग्गा कब्जा भएको विज्ञप्ति घरको भित्तामा टाँस्ने गरेका छन्। उम्मेदवार तथा जनप्रतिनिधिको घरजग्गा कब्जा भएको घोषणा गर्दै हिँडेका नेकपाका कार्यकर्ताले फोनमार्फत पटकपटक ज्यान धम्कीसमेत दिने गरेको स्रोतले जनाएको छ।
दिउसो नभेटिने नेकपाका कार्यकर्ताले फोनमार्फत चन्दा माग्नुका साथै आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरुलाई आफूले दिएको उम्मेदवारी फिर्ता लिन पटकपटक दबाब दिने गरेको पाइएको छ।
नेकपाका कार्यकर्ताको ज्यान धम्की तथा गतिविधिका बारेमा सुरक्षा निकायलाई समेत जानकारी गराइसकेको लामिडाँडा गाउँपालिका प्रमुख निरौलाले बताए। ‘घरमा विज्ञप्ति टाँस्नुका साथै झण्डा गाडेर गएपछि फोनमार्फत घर छाड्न भन्छन्।’ उनले भने, ‘कुनबेला के गर्ने हो ? परिवार आतंकित बनेका छन्।’
जिल्लामा नेकपा कार्यकर्ताको गतिविधिका विषयमा गम्भीर भएर अनुसन्धान थाल्नुका साथै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा