सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, कात्तिक ३०। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले ज्योतिषले आफूलाई सात चोटी प्रधानमन्त्री हुने भविष्यवाणी गरेको बताएका छन्। बिहीबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने- ज्योतिषीले मलाई ७ पटकसम्म प्रधानमन्त्री बन्छस् भनेका छन्, चुनावपछि पनि म नै प्रधामन्त्री बन्ने हो।
यसअघि बुधबार गोरखामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री भएको बताएका थिए। अब वाम गठबन्धनको बहुमत आउने र कांग्रेसले कहिल्यै सरकारको नेतृत्व गर्न नपाउने ओलीको दाबी थियो।
ओलीको सोही भनाइबारे राखिएको प्रश्नमा देउवाले अब पनि कांग्रेसको बहुमत आउने र आफू नै प्रधानमन्त्री बन्ने दाबी गरेका हुन्। देउवा अहिले चौथो पटक प्रधानमन्त्री बनेका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा