सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक ३० । पेरु आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुने ३२ औ तथा अन्तिम देश बनेको छ । बिहीबार बिहान भएको प्ले–अफको दोस्रो लेगमा न्युजिल्याण्डलाई २–० ले पाखा लगाउदै ३६ बर्षपछि पेरुले विश्वकप यात्रा तय गरेको हो ।
पहिलो लेगमा गोलरहित बराबरी खेलेका पेरुले आज विहान लिमामा भएको दोस्रो लेगमा न्युजिल्याण्डलाई २–० ले हराउदै समग्रमा पेरुले २–० को जितसहित विश्वकपमा स्थान पक्का गरेको हो ।
पेरुलाई विश्वकपमा पु¥याउने क्रममा फारफान र क्रिष्टियन रामोसले गोल गरे । २८ औं मिनेटमा फारफानको तर्फबाट पहिलो गोल तथा ६५ औं मिनेटमा क्रिष्टियनले दोस्रो गोल गर्दे पेरु २–० ले विजयी भएको हो ।
१९८२ पछि २०१८ मा पेरु पुन विश्वकपमा फर्केको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा