सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक २९ । अष्ट्रेलिया आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट भएको छ । विश्वकप छनोट अन्तर महादेशीय प्ले अफ अन्तर्गत दोश्रो लेगमा होन्डुरसलाई समग्रमा ३ – १ ले पराजित गर्दै अष्ट्रेलिया विश्वकपमा स्थान बनाएको हो ।
होन्डुरसको घरेलु मैदानमा माइल जेडिनको ह्याट्रिकले अष्ट्रेलिया दोश्रो पल्ट विश्वकपमा स्थान बनाउन सफल भएको हो। खेलको ५३ औं मिनेटमा फ्रिकिकमार्फत पहिलो गोल गरेका उनले ७२ औं र ८५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । होन्डुरसको लागी भने इन्जुरी समयमा मेयनोर फिगोराले गोल गरे ।
यसअघि अष्ट्रेलियाले सन् २००६ को विश्वकप खेलेको थियो । अष्ट्रेलिया रुस विश्वकपमा छनोट हुने ३१ औं राष्ट्र हो । अब विश्वकपमा एक टोलि मात्र छनोट हुन् बाकीं छ ।
अन्तर महादेशीय प्ले अफ अन्तर्गत अब न्युजिल्याण्ड र पेरु मध्ये एक टिम आउँदो विश्वकमा छानिने छन् । न्युजिल्याण्डको घरेलु मैदानमा भएको पहिलो लेग बराबरीमा रोकिएको थियो । यी दुईबिचको दोश्रो लेग बिहीबार बिहान पेरुमा हुने छ । यो खेलको विजेता विश्वकपमा छानिने अन्तिम ३२ औ टोली हुने छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा