सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २९। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए। उनीहरूकै बयानका आधारमा महानिर्देशक पाण्डे पक्राउ परेका हुन्।
उक्त घुष काण्डमा पाण्डेको पनि मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ। वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको आरोपमा हिजो राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी पक्राउ परेका थिए।
पाण्डेले नै उनीहरूलाई परिचालन गरेको खुलेपछि उनलाई पक्राउ गरिएको हो। मंसिर ६ गते अवकाश लिने तयारीमा रहेका पाण्डे अहिले अख्तियारको नियन्त्रणमा छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा