सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक २९ । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अर्जेन्टिना नाइजेरियासँग पराजित भएको छ । मंगलबार राति रूसमा भएको खेलमा नाइजेरियाले अर्जेन्टिना लाई ४–२ गोल अन्तरमा हराएको हो।
नाइजेरियालाई जिताउन एलेक्स इवोबीले २ तथा केलिची इहिनाचो र ब्रायन इडोउले एक एक गोल गरे।
पहिलो हाफमा एभर बानेगा र सर्जियो अग्युरोले अर्जेन्टिनाका लागी एक एक गोल गरे भने नाइजेरीयाको लागी केलिची इहिनाचोले एक गोल गरेका थिए ।
पहिलो हाफमा २–१ को अग्रता लिएको अर्जेन्टिना दोस्रो हाफमा थप तिन गोल खाँदै पराजित भएको हो । दोस्रो हाफमा नाइजेरियाका लागि एलेक्स इवोबीले दुई गोल गरे भने ब्रायन इडोउले एक गोल गरे ।
लियोनल मेसी बिना खेलेको अर्जेन्टिना पराजित भएको हो। खेलमा अग्युरोले पनि पहिलो हाफमा मात्रै खेलेका थिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा